विश्वशान्ति चिरन मिलन क्याम्पस अनुसन्धान व्यवस्थापन समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मिति २०८० माघ ६ गते शनिबार विश्वशान्ति चिरन मिलन क्याम्पस अनुसन्धान व्यवस्थापन समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनमा अमेरिका, फिलिपिन्स, मङ्गोलिया, पाकिस्तान, बङ्गला देश र नेपाल गरी ६ देशका प्रतिनिधिहरू सहभागी भएका दिए ।

बिहान आठ बजेबाट प्रारम्भ भएको सम्मेलन छ चरणमा विभाजित थियो । पहिलो चरणमा सम्मेलनका उपस्थित सम्पूर्ण अतिथिहरूद्वारा क्याम्पसको लोगोसहितको झन्डा र बेलुन उडाएर साथै सम्मेलनको प्रतीक ताम्रपत्र अनावरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । नेपालको शान्ति र सुरक्षा सरोकारमा नेपाली डायस्पोराको भूमिका (Peace and Security Concern of Nepal and the Role of Nepali Diaspora) शीर्षकमा भएको उक्त सम्मेलनको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. शम्भुराम सिंखडाले स्वागत मन्तव्यका साथै सम्मेलनको शीर्षकमा केन्द्रित रहेर आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । विश्वशान्ति चिरन मिलन क्याम्पस अनुसन्धान व्यवस्थापन समितिका संयोजक सत्यराज जोशीले सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

सम्मेलनमा आमन्त्रित विशिष्ट अतिथिहरूले सम्मेलनको महत्वमाथि प्रकाश पार्दै शुभकामना सन्देश दिएका थिए । उक्त सम्मेलनमा विशिष्ट अतिथिहरूका रूपमा पूर्व सभामुख तथा क्याम्पसका संस्थापक अध्यक्ष एवं वर्तमान क्याम्पस संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गाना, प्रतिनिधि सभा सदस्य माननीय प्रदीप पौडेल, बङ्गलादेशबाट नेपालका लागि राजदूत सलाहुदिन नोमन चौधरी, त्रिवि उपकुलपति प्रा.डा. शिवलाल भुसाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा.शङ्करप्रसाद भण्डारी, नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाको उपस्थिति रहेको थियो ।

काठमाडा}F जिल्लाको सामाखुसीस्थित कुक्कु इभेन्टमा सम्पन्न उक्त सम्मेलनमा प्यानलिष्टका रूपमा प्रा.डा.मोहनप्रसाद लोहनी, प्रा.डा.अरुण गुप्तो, अवकाश प्राप्त मेजर जनरल डा.पूर्णबहादुर सिलवाल, डा.गणेशबहादुर थापा र काठमाडौँ विश्वविद्यालयबाट सहप्राध्यापक डा. हेमराज काफ्लेको सहभागिता रहेको थियो भने वरिष्ठ पत्रकार दिलभूषण पाठकले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

उक्त सम्मेलनमा प्रमुख वक्ताका रूपमा बङ्गला देशका राजदूत सलाहुदिन नोमन चौधरी, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी र अमेरिकाको मोरगान स्टेट विश्वविद्यालयबाट डा. उत्तम गौली रहेका थिए । विदेशबाट बोल्नेहरूका लागि अनलाइन जुन प्रविधिको व्यवस्था गरिएको थियो ।

मुलुकबाहिरबाट कार्यपत्र प्रस्तुत गर्नेहरूमा मङ्गोलियाबाट डा. एङ्जुल बयान्दलाई, डा. एरिउना, श्री म्यादमा बायस्टोग, फिलिपिन्सबाट सह प्राध्यापक एम्मा सी सेवालो, श्री दाभफ्लोरेन्ज पाउल, श्री दाने ग्र्याजिले, पाकिस्तानबाट चामन हुस्सेन रहेका थिए । त्यसै गरी नेपालबाट त्रिभुवन विश्वविद्यालयका प्रा.डा.ध्रुव कार्की, डा. तारालाल श्रेष्ठ, बलदेव भट्ट, पोखरा विश्वविद्यालयबाट तीर्थराज भट्ट, अर्जुन सिंह, लालबहादुर चौधरी, केन सुवेदी, काठमाडौँ विश्वविद्यालयबाट नरेन्द्र धामी, नेपाल संस्कृत विश्वविद्यालयबाट प्रा.डा. लेखप्रसाद निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसै गरी विश्वशान्ति चिरन मिलन क्याम्पसबाट उपप्राध्यापक श्री सत्यराज जोशी, उपप्राध्यापक श्री बालाराज घिमिरे र उपप्राध्यापक श्रीमती एलिना प्याथले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

जम्मा १३५ जना सहभागीहरूको प्रतिनिधित्व रहेको उक्त सम्मेलनमा सहभागीको तर्फबाट पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री विनोदचन्द्र पन्तले कार्यक्रमको प्रतिक्रिया दिएका थिए भने सञ्चालक समितिका सदस्य अजित थापाले सहभागीहरूलाई धन्यवाद दिएका थिए । सम्मेलनको बिचबिचमा विद्यार्थीहरूबाट विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा अतिथिदेखि सहभागी सबैलाई क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेबाट प्रमाणपत्र र मायाको चिनो वितरण गरी आफ्नो समापन मन्तव्य प्रस्तुत गरेका थिए । रोजी वाग्लेद्वारा सञ्चालित उक्त सम्मेलन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भएको थियो । दशओटा विश्वविद्यालयबाट सहभागी भएका प्रतिनिधिहरूले यस सम्मेलनलाई ऐतिहासिक र अभूतपूर्व कार्यक्रमका रूपमा लिएका थिए । यस्तो सम्मेलन काठमाडौँ उपत्यकामा आजसम्म कुनै पनि सामुदायिक क्याम्पसहरूले सञ्चालन नगरेको दाबी आयोजक क्याम्पसको रहेको छ ।

उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोागले समेत सहयोग गरेको थियो । आयोगबाहेक विभिन्न सङ्घसंस्थाहरूले सहभागिता जनाएर सम्मेलनलाई सफल बनाउन पूर्ण सहयोग गरेका थिए ।