एकल नृत्य प्रतियोगिता एवं तिज विशेष कार्यक्रम २०८२ सम्पन्न
01
Nov

एकल नृत्य प्रतियोगिता एवं तिज विशेष कार्यक्रम २०८२ सम्पन्न

एकल नृत्य प्रतियोगिता एवं तिज विशेष कार्यक्रम सम्पन्न
विश्वशान्ति चिरन मिलन क्याम्पसले विगत वर्षहरू झैँ यस वर्ष पनि विद्यार्थीहरूको प्रतिभा स्फुटनका लागि एकल नृत्य प्रतियोगिता सम्पन्न ग¥यो । क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष प्रा.डा.मोहनप्रसाद लोहनी प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरू सहायक क्याम्पस प्रमुख मनोज अधिकारी, कार्यक्रम संयोजक सञ्जीव मिश्र, पूर्व विद्यार्थी समाजका अध्यक्ष सुरेन्द्र केसी , विद्यार्थी क्वालिटी सर्कलका अध्यक्ष हेमचन्द्र दाहाल र अन्य प्राध्यापकहरू रहनुभएको थियो । प्रतियोगितात्मक कार्यक्रमको निर्णायक भूमिकामा नृत्य प्रशिक्षक आशा तामाङ र उपप्राध्यापक पञ्चकुमारी राई रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक सञ्जीव मिश्रले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्यपछि प्रतियोगितात्मक कार्यक्रमको थालनी भएको थियो । प्रतियोगितामा एनिशा माझीले प्रथम स्थान, सजना राईले द्वितीय स्थान, अस्मिता तामाङले तृतीय स्थान र आरती चौधरीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताको बिचमा प्रमुख अतिथि प्रा.डा.मोहन लोहनीले नेपाली नारीहरूको महान् पर्व तिज विशेष कार्यक्रमलाई शुभकामना दिँदै प्रतियोगीहरूलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रमको अन्त्यमा पूर्व विद्यार्थी समाजका अध्यक्ष सुरेन्द्र केसीले विश्वशान्ति क्याम्पसले निरन्तर रूपमा विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको र यस्ता कार्यक्रमहरू अन्य शैक्षिक संस्थाहरूमा भन्दा यस क्याम्पसले बढी सञ्चालन गरेर विद्यार्थीको प्रतिभालाई सम्मान गरेको विचार व्यक्त गर्नुभयो । क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो भने निर्णायकहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रमको सभापतिको हैसियतले प्रतियोगिताका विजेताहरूलाई बधाई ज्ञापन गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो । क्वालिटी सर्कलकी सचिव भावना राईले कुशलतापूर्वक कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
दोस्रो चरणमा उपस्थित सम्पूर्ण सहभागीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न भयो । त्यसपछि सम्पूर्ण विद्यार्थीहरूले तिज विशेष गीतमा रमाउँदै सामूहिक नृत्य प्रदर्शन गरेका थिए ।

https://www.facebook.com/share/p/193HstGCMx/

https://www.facebook.com/share/v/1HLEEQmRQk/

https://www.facebook.com/share/v/1B8h8Suoyp/

https://www.facebook.com/share/v/1UdnfNqSis/

 

Latest News & Events
WhatsApp