पूर्वतयारीका लागि क्युएए प्राप्त क्याम्पसहरुसँग अनुभव आदान प्रदान कार्यक्रम
आज मिति २०८२ साउन ३१ गते शनिबारका दिन बिहान ८ बजे विश्वशान्ति चिरन मिलन क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा।शम्भुराम सिंखडाको अध्यक्षता तथा नेपाल पब्लिक क्याम्पस सङ्घका महासचिव गोविन्दबहादुर कार्कीज्यूको विशेष आतिथ्यमा क्याम्पस सञ्चालक समिति, सल्लाहकार, संरक्षण समिति, प्राध्यापक, कर्मचारी, पूर्वविद्यार्थी समाज र विद्यार्थी क्वालिटी सर्ककका प्रतिनिधिहरू बिचको संयुक्त उपस्थितिमा क्यूएए प्रक्रियाका साथै पिआरटी आउनुपूर्व गर्नुपर्ने पूर्वतयारीका सन्दर्भमा विज्ञ गोविन्दबहादुर कार्कीज्यूले अनुभव प्रदान गर्नुभयो । करिब डेढ घण्टाको उहाँको प्रस्तुतिमा आठओटा Criteria मा छुट्टाछुट्टै स्लाइडहरू प्रस्तुत गर्नुभएको थियो । विज्ञ गोविन्द कार्कीको प्रस्तुतिप्रति सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा सर्वप्रथम आसन ग्रहण गराउँदै अतिथिलाई खादाद्वारा सम्मान गरिएको थियो । क्याम्पस प्रमुखले क्याम्पसको ऐतिहासिक पृष्ठभूमि केलाउँदै पछिल्लो चरणमा क्याम्पसले उल्लेख्य प्रगति गरेको इतिहास कोट्याउनुभयो ।
क्यूएएका सन्दर्भमा क्याम्पसले गरेका प्रयत्नहरू र SSR पारित भएसम्मका सन्दर्भलाई सारसंक्षेपमा सुनाउनुभएको थियो ।
क्याम्पस सञ्चालक समितिको निर्णय र क्याम्पसको पुनर्गठित संरचनाअनुसार पदीय जिम्मेवार बाँडफाँड गरिएको जानकारीसमेत गराउनुभयो । सोही क्रममा क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेलाई तेस्रो कार्यकालका लागि क्याम्पस प्रमुखका रूपमा पुनर्नियुक्ति गरिएको सञ्चालक समितिका अध्यक्ष डा।शम्भुराम सिंखडाले खादा लगाएर बधाईसहित पदभार ग्रहण गराउनुभयो । यसै गरी सहायक क्याम्पस प्रमुखमा श्री मनोज अधिकारीलाई बधाईसहित पदभार ग्रहण गराइएको थियो । सञ्जीव मिश्रलाई पुनः तेस्रो कार्यकालका लागि कार्यक्रम संयोजकमा रूपमा पुनर्नियुक्ति प्रदान गरी पदभार ग्रहण गराइएको थियो । गंगा चिमरियालाई व्यवस्थापन सङ्कायको विभागीय प्रमुख र लक्ष्मीनारायण मिश्रलाई मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विभागीय प्रमुखका रूपमा पदभार ग्रहण गराइएको थियो । त्यसै गरी क्यूएए प्रक्रियाको अनुगमनका लागि सञ्चालक समितिको तर्फबाट प्रा।डा मोहनप्रसाद लोहनीज्यूलाई संयोजकका रूपमा जिम्मेवारी प्रदान गरिएको थियो । क्यूएएको प्रक्रियालाई निरन्तरता दिन उपप्राध्यापक सत्यराज जोशीलाई SAT संयोजकका रूपमा नियुक्ति गरिएको थियो । त्यसैगरी HEMIS को संयोजकका रूपमा तिलकबहादुर कार्कीलाई नियुक्ति गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रा।डा।मोहनप्रसाद लोहनीले प्राध्यापक तथा विद्यार्थीहरूसँग बसी क्यूएएका विषयमा छलफल गर्नुभएको थियो ।
ठिक आठ बजे सुरु भएको यस कार्यक्रममा सञ्चालक समितिको तर्फबाट डा। शम्भुराम सिंखडा ९अध्यक्ष सञ्चालक समिति०, प्रा।डा।मोहनप्रसाद लोहनी ९निवर्तमान अध्यक्ष सञ्चालक समिति०, श्री अजित थापा ९सदस्य सञ्चालक समिति०, श्री कृष्णभक्त वाग्ले ९शिक्षक प्रतिनिधि सञ्चालक समिति०, श्री नेत्रप्रसाद न्यौपाने ९सदस्य सचिव० को उपस्थिति रहेको थियो भने संरक्षण समितिको प्रतिनिधिका रूपमा श्री लक्ष्मण वन ९सदस्य क्याम्पस संरक्षण समिति०, सल्लाहकार श्री सुरज खडका ९सल्लाहकार०, को उपस्थिति रहेको थियो ।
त्यसै गरी श्री मनोज अधिकारी ९सहायक क्याम्पस प्रमुख०, श्री सञ्जीव मिश्र ९कार्यक्रम संयोजक०, श्री गङ्गा चिमरिया ९विभागीय प्रमुख, व्यवस्थापन सङ्काय०, श्री लक्ष्मीनारायण मिश्र ९विभागीय प्रमुख, मानविकी सङ्काय०, श्री कुसुम वैद्य ९उपप्राध्यापक०, श्री सत्यराज जोशी ९संयोजक क्ब्त् उपप्राध्यापक०, श्री बालाराज घिमिरे ९उपप्राध्यापक०, श्री तेजप्रसाद तिम्सिना ९उपप्राध्यापक०, श्री नवीन धिताल ९उपप्राध्यापक०, श्री सुदर्शन अधिकारी ९उपप्राध्यापक०, श्री सञ्जय आचार्य ९उपप्राध्यापक०, श्री पञ्चकुमारी राई ९उपप्राध्यापक०, श्री मानबहादुर तामाङ ९उपप्राध्यापक०, श्री सुबास प्याकुरेल ९उपप्राध्यापक०, श्री निरज नेपाल ९उपप्राध्यापक०, श्री राकेश ंडंगोल ९उपप्राध्यापक०, श्री विष्णु खड्का ९उपप्राध्यापक०, श्री विक्रम राई ९उपप्राध्यापक० को उपस्थिति रहेको थियो । कोटेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक श्री षडानन्द गुरागाईँसमेत उपस्थित रहनुभएको उक्त कार्यक्रममा श्री सुरेन्द्र के सी ९अध्यक्ष पूर्वविद्यार्थी समाज०, श्री तिलक कार्की ९कर्मचारी०, श्री तेजबहादुर सिलवाल ९कर्मचारी०, श्री हेमचन्द्र दाहाल ९अध्यक्ष, विद्यार्थी क्वालिटी सर्कल०, भावना राई, ९सचिव विद्यार्थी क्वालिटी सर्कल० र अन्य पदाधिकारी एवं विद्यार्थीहरूमा अनिष गुरुङ, जोरीमाया राई, विष्णुविराट थापा, सनोज बोहरा, सुस्मिता लामिछाने, सुस्मा लामिछाने र अभिभावक केशव अधिकारीको उपस्थिति रहेको थियो ।