सगरमाथा आरोहीको विश्वशान्ति यात्रा || पूर्वतयारीका लागि क्युएए प्राप्त क्याम्पसहरुसँग अनुभव आदान प्रदान कार्यक्रम || विश्वशान्ति चिरन मिलन क्याम्पसको पाँचौँ क्याम्पससभा : सहकार्य, सन्तुलन र सृजनको एक अध्याय || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आधारभूत प्राणिक उपचार कार्यक्रमको सफल आयोजना || अनुसन्धानमूलक एक दिन कार्यशाला गोष्ठी सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन । || विद्यार्थी गुणस्तर परिषद् गठन 2082 || विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’ || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा Corporate Accounting Training सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम सुरु 2082 ||
विद्यार्थी गुणस्तर परिषद् गठन 2082
03
Jan

विद्यार्थी गुणस्तर परिषद् गठन 2082

विश्वशान्ति चिरन मिलन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको गुणस्तरसँग सम्बन्धित विद्यार्थी गुणस्तर परिषद्को तेस्रो अधिवेशसन मिति २०८२ मंसिर १८ गते सम्पन्न भयो । क्याम्पसको सभाहलमा
सम्पन्न उक्त अधिवेशनमा परिषद्का पूर्वअध्यक्ष हेमचन्द्र दाहालले आफ्नो कार्यकालमा गरेका कार्यहरुको विवरण प्रस्तुत गनृुभएको थियो भने क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपानेले विद्यार्थी गुणस्तर परिषद्को काम, कर्तव्य र उद्देश्य प्रकाश पार्दै क्याम्पस क्यूएएतर्फ अग्रसर भइरहेको अवस्थामा विद्यार्थी गुणस्तर परिषद्को उल्लेखनीय भूमिका रहने कुराको जानकारी गराउनुभयो ।
अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि क्याम्पस प्राध्यापक संघ इकाइका अध्यक्ष नवीन धितालको संयोजकत्वमा सञ्जीव मिश्र र सुदर्शन अधिकारी सदस्य रहने गरी त्रिसदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले विधिवत् रुपमा प्रत्येक तहबाट न्यूनतम एक एक जना सदस्य पर्ने गरी नोमिनेसनका लागि आह्वान गरेको थियो । प्रारम्भिक अवस्थामा अध्यक्षमा ४, सचिवमा २, कोषाध्यक्षमा २ र सदस्यमा जम्मा १३ जनाको आवेदन परेको थियो । निर्वाचन प्रक्रियालाई सहमतिमा नै टुंग्याउने उद्देश्यले निर्वाचन समितिलाई सहमतिका लागि समय थप गरेको थियो । अन्त्यतः विद्यार्थीहरु आफैँ सहमतिमा आई जम्मा ११ जनाको ििवश्वशान्ति चिरन मिलन क्याम्पस विद्यार्थी गुणस्तर परिषद् गठन गरियो । सर्वसहमतिका आधारमा निर्वाचित पदाधिकारी र सदस्यहरुको नामावली निम्नानुसार रहेको छ ः
१. अध्यक्ष ः भावना राई
२. उपाध्यक्ष ः अनिष गुरुङ
.३. सचिव ः आरती चौधरी
४. कोषाध्यक्ष ः विष्णुविराट थापा
५. सदस्य ः राषिमा श्रेष्ठ.
६ सदस्य ः ऋतु राई
७. सदस्य ःपूजन घोरासैनी
८. सदस्य ः आकाश तामाङ
९. सदस्य ः अनिष तामाङ
१०. सदस्य (बाँकी बिबिएस तेस्रोबाट)
११. सदस्य (बाँकी बिए तेस्रोबाट)
निर्वाचित परिषद्लाई क्याम्पस प्रमुख नेत्रप्रसाद न्योपानेले खादा ओढाएर स्वागत गर्दै पदभार ग्रहण गराउनुभएको थियो ।

WhatsApp