विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’
14
Dec

विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’

विश्वशान्ति चिरन मिलन क्याम्पसमा हालै गठन गरिएको विद्यार्थी गुणस्तर परिषद्ले गठन भएको केही दिनमै सक्रियतापूर्वक कामको सुरुवात गर्दै क्याम्पसमा सकारात्मक ऊर्जा थपिदिएको छ। मंसिर १८ गते भावना राईको अध्यक्षतामा सम्पन्न गठित परिषद्ले मंसिर २५ गते बसेको बैठकमार्फत विभिन्न उपसमितिहरू गठन गरी योजनाबद्ध कार्य सञ्चालनका लागि आधार तयार गर्यो।
विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, खेलकुदमा आकर्षण तथा क्याम्पस वातावरणलाई स्वच्छ र स्वस्थ राख्ने लक्ष्यसहित परिषद्ले सुरु गरेको पहिलो कार्यक्रम—क्याम्पस सरसफाइ अभियान—अत्यन्त सफलरूपमा सम्पन्न भयो। क्याम्पसको स्वास्थ्य तथा वातावरण समितिका संयोजक पञ्चु राईको नेतृत्व र विद्यार्थी क्वालिटी सर्कलको सहकार्यमा २०८२ मंसिर २५ गते सम्पन्न सरसफाइ अभियानमा सबै विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रह्यो। नवगठित परिषद्लाई हाैसला प्रदान गर्न र कार्यक्रमलाई प्रभावकारी बनाउन सर्कलका पूर्व अध्यक्ष हेमचन्द्र दाहाल र पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस परिवारका अनुसार यस्तो अभियानले विद्यार्थीहरूमा जिम्मेवारी बोध, स्वामित्वको भावना र संस्थाप्रति अनुशासित कार्यसंस्कृतिको विकास गर्ने विश्वास लिइएको छ। विशेषतः विद्यार्थी क्वालिटी सर्कलका सदस्यहरूको सक्रियता, नेतृत्व क्षमता र टीमवर्कले क्याम्पसमा उदाहरणीय छाप परेको क्याम्पस प्रशासनले जनाएको छ।
विद्यार्थी क्वालिटी सर्कलका युवाहरूलाई क्याम्पसले भविष्यका उज्यालो ताराका रूपमा वर्णन गर्दै कृतज्ञता व्यक्त गरेको छ। उनीहरूको प्रतिबद्धता, उर्जा र सकारात्मक सोचले क्याम्पसको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको क्याम्पस प्रशासनले जनाएको छ।
क्याम्पस प्रशासनले स्वास्थ्य तथा वातावरण समिति र विद्यार्थी क्वालिटी सर्कललाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने विश्वास व्यक्त गरेको छ।
 
 
 
 
 
 
 
 
 

WhatsApp