सगरमाथा आरोहीको विश्वशान्ति यात्रा || पूर्वतयारीका लागि क्युएए प्राप्त क्याम्पसहरुसँग अनुभव आदान प्रदान कार्यक्रम || विश्वशान्ति चिरन मिलन क्याम्पसको पाँचौँ क्याम्पससभा : सहकार्य, सन्तुलन र सृजनको एक अध्याय || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आधारभूत प्राणिक उपचार कार्यक्रमको सफल आयोजना || अनुसन्धानमूलक एक दिन कार्यशाला गोष्ठी सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पस प्राध्यापक सङ्घ इकाइ गठन । || विद्यार्थी गुणस्तर परिषद् गठन 2082 || विश्वशान्ति चिरन मिलन क्याम्पसमा विद्यार्थी गुणस्तर परिषद् सक्रिय, सरसफाइ अभियानबाट सुरु भयो ‘नयाँ यात्रा’ || विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा Corporate Accounting Training सम्पन्न || विश्वशान्ति चिरन मिलन क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम सुरु 2082 ||
रक्तदान कार्यक्रम सम्पन्न २०८२
13
Jan

रक्तदान कार्यक्रम सम्पन्न २०८२

 

रक्तदान कार्यक्रम सम्पन्न
विश्वशान्ति चिरन मिलन क्याम्पस र ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालको संयुक्त आयोजनामा आज मिति २०८२ भदौ ८ गते रक्तदान कार्यक्रम सम्पन्न भयो । हिमाल अस्पतालअन्तर्गत हिमाल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम बिहान ८ बजेबाट प्रारम्भ भएको थियो । राजयोगिनी डा. राज दिदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि कामपा ३ का वडाध्यक्ष प्रेम थापाको उपस्थिति रहेको थियो भने अतिथिहरूमा विद्वान् व्यक्तित्व प्रा.डा.मोहनप्रसाद लोहनी, क्याम्पस प्रमुख नेत्रप्रसाद न्यौपाने, कामपा ३ का वडा कृष्णराज चालिसे, गैरीगाउँ टोलसुधार समितिका अध्यक्ष सुरज खड्का रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजयोगिनी डा. राज दिदीले रक्तदान कार्यक्रमका विषयमा छोटो चिनारी सहित उपस्थित समुदायलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि प्रेम थापाले यस रक्तदान जस्तो पुण्यकर्ममा सहभागी हुन पाउँदा आफू गौरवान्वित भएको र यस्ता कार्यक्रममा वडाको तर्फबाट गर्नुपर्ने आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कामपा ३ ले ब्रह्मकुमारी राजयोग र विश्वशान्ति चिरन मिलन क्याम्पस दुवै संस्थाले विकासमा सक्दो सहयोग गर्दै आएको जानकारीसमेत गराउनुभयो । कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनो प्रदान गरियो भने उपस्थित महानुभावहरूलाई शेषराज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
दोस्रो चरणमा रक्तदान कार्यक्रम सम्म्पन्न भयो । क्याम्पसमा प्राध्यापक, अध्ययनरत विद्यार्थी तथा समुदायका विभिन्न व्यक्तित्व साथै अभिभावकहरू पनि रक्तदान कार्यक्रममा सहाृभागी हुनु भएको थियो । करिब ५० जनाले रक्तदान गरेका थिए । प्राध्यापकहरूको तर्फबाट मनोज अधिकारी, क्वालिटी सर्कलको तर्फबाट अध्यक्ष हेमचन्द्र दाहाल र अन्य थुप्रै विद्यार्थीहरूले रक्तदान गरेका थिए । रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत प्रदान गरिको थियो ।कार्यक्रमको अन्त्यमा हिमाल रक्तसञ्चार केन्द्रले क्याम्पसले रगत सङ्कलन गर्न सहयोग गरेकोमा प्रशंसापत्र समेत प्रदान गरेको थियो ।

https://www.facebook.com/share/p/17DUqoCDzK/

WhatsApp